ढुक्कसँग मतदान गर्नुस्, निर्वाचन बिथोल्न खोज्नेलाई छाड्दैनौँ – निर्वाचन आयोग

बिज्ञापन

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।

बिज्ञापन

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने उनले बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित ढंगले सम्पन्न गर्नका लागि कडा सुरक्षाको व्यवस्था गरेको समेत बताए ।

बिज्ञापन

मतदानमा खटिएका मतदान अधिकृत, कर्मचारीलाई डर त्रास देखाउने, बुथ कब्जा गर्न खोज्ने, मतदातालाई रोक्ने, मतपेटिका लुट्न खोज्नेलगायत निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई कानूनी कारबाही गर्न सम्बन्धित मातहतमा निर्देशन दिएको समेत जनाएको छ ।

सम्बन्धित खवर

देवदह बुद्ध पब्लिकमा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी…

संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान