बुटवल। तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको ढिस्को आगो तापेर बसिरहेको अवस्थामा अचानक ढिस्को खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा परी अन्य ३ जना युवाहरु घाइते भएका छन्।प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापालाई अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।पन्थिका अनुसार ढिस्को संगै खसेका २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते छन्। उनिहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।बुधबार साँझ पौने ७ बजेतिर भएको उक्त घटनापछि स्थानिय र प्रहरीले उनीहरुको उद्धार गरेर अस्पताल पुर्याएका थिए। घाईते तिनजनाको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भईरहेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए।