डोटीमा गएराति ६.६ रेक्टर स्केलको भूकम्प, ६ जनाको मृत्यु, ५ घाइते

डोटी । गयराती डोटीमा पटकपटक भुकम्प जादा भूकम्पमा परेर ६ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन। साथै बेपत्ता एक जनाको खोजी भईरहेको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिज्ञापन

भूकम्पमा परि पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय पदम बोहराको घर भत्किदा एकै परिवारका ३ जनाको ज्यान गएको हो । जन जानेमा उनकै ४० वर्षीया श्रीमती भगवतीदेवी बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहरा रहेका छन भने त्यही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको ज्यान गएको र बेपत्ता रहेका दुई जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको डोटी प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलनको काम भइरहेको छ । भुकम्पको धक्का रुपन्देही लगायत तराईका पश्चिम जिल्लाहरुमा पनि महसुस गरिएको थियो । भारतका केही स्थानमा पनि पराकम्पन गएको थियो ।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु