डाक्टर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीको धर्ना

तस्विरः स्वस्तीक श्रेष्ठ
बिज्ञापन

बुटवल । मंगलबार राति सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) भित्रै मेसु डाक्टर राजेन्द्र बस्यालमाथि भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सकहरूले विहीबार इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् ।

बिज्ञापन
सुत्केरीको उपचारका क्रममा मृत्यु भएको विषयमा छलफल गर्ने क्रममा मेसु डाक्टर राजेन्द्र बस्यालमाथि मृतकका आफन्तले आक्रमण गरेपछि गम्भीर घाइते उनको आईसीयूमा उपचार भइरहेको छ । विहीबार आक्रमणकारीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन), नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल (व्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वस्थ्य संस्थामा आवद्ध संस्थाले इप्रकामा धर्ना दिएका हुन् ।

चिकित्सकलाई हातपात गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग उनीहरूले राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराधमा कारबाहीका लागि मुद्दा दर्ता गर्न लागेको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले संवेदनशील घटना घटेको भन्दै घटनाबारे कानुन बमोजिम कारबाही अघि बढ्ने बताए ।
निजी अस्पताल व्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरु उपचार गर्दा समेत पिटिनुपर्ने अवस्था आउनु दुःखद भएको बताए । यस्तो विकृति रोक्नेतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको व्यवस्थामा ध्यान दिनुपर्ने बताए ।

सेवामा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै सोही रातिबाट नै आम्दामा आकस्मिकबाहेकका सबै उपचार रोकिएको छ । महिला तथा बालबालिकाको उपचार हुने यो अस्पतालमा सेवा रोकिँदा सयौं बिरामी उपचारविहीन छन् ।

बिज्ञापन

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल