झ्याप्ले खोलाकाे पहिरोमा पुरिएका तिनवटा गाडीबाट ३५ जनाकाे शव निकालियाे

धादिङको धुनीबेशी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् ।

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।

लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो ।

त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए ।

नारायणघाटबाट काठमाडौं जादै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको उनले बताए । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।

त्यसैगरी गोरखाबाट काठमाडौं जादै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । मृतक चारै जना पुरुष गरेको एसपी अधिकारीले बताए । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।

निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । शुक्रबारदेखि आएको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल