झिमरुकमा राष्ट्रीय जनमोर्चालाई पाखा लाउँदै कांग्रेस र माओवादी मिले

प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा रास्ट्रीय जनमोर्चालाई गठबन्धनबाट पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र बिच चुनावी तालमेल भएको छ।
अध्यक्ष माओवादीले र उपाध्यक्ष काङ्ग्रेसले पाउने गरि झिमरुकमा सहमति भएको विज्ञप्तीमार्फत जनाईएको छ ।
वडातहमा सहमतिको आधारमा पद बाड्फाड गर्ने पनि निर्णय भएको छ । जुन वडामा जुन दलको अध्यक्ष उम्मेदवार बनेमा सोही चुनाव चिन्हमा अरु सदस्यले उम्मेदवारी दिने गरि सहमति गरिएको विज्ञप्तीमा उल्लेख छ ।
उता नौबहिनी गाउंपालिकामा पनि सत्ताधारी दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएपछि राष्ट्रिय जनमोर्चा एक्लिएको छ । काँग्रेस अध्यक्षमा र माओवादीलाई उपाध्यक्ष दिने गरि नौबहिनीमा पद बाँडिएको छ। नौवहिनीको वडा नम्वर १ स्याउलीवाङ समाजवादीलाई र तीन/तीन वटा वडा कांग्रेस माओवादीलाई दिने गरि सहमती गरिएको पाइएको छ ।

यसैबीच, माण्डवी गाउँपालिकामा माओबादीको भागमा अध्यक्ष र काँग्रेसलाई उपाध्यक्ष दिने गठबन्धनबीच सहमति भएको छ । यद्यपि सहमती बारे आधिकारिक जानकारी आएको छैन । यसअघि स्वर्गद्धारी नगरपालिकामा कांग्रेसलाई मेयर र राष्ट्रीय जनमोर्चालाई उपमेयर दिने गरि चुनाबी तालमेल भएको छ्। सरुमारानी गाउँपालिकामा पनि कांग्रेसलाई अध्यक्ष र माओबादिलाई उपाध्यक्ष दिने गरि गठबन्धनबीच भागबण्डा टुङ्गिएको छ । अन्य पालिकामा भने तालमेल बारे छलफल जारी रहेको नेताहरुले बताएका हुन।
प्युठानमा दुई नगरपालिका सहित नौ वटा स्थानिय तह छन।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने