झाडा पखालाबाट कपिलवस्तुमा दुईजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोपबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर-९ बहादुरगन्जका ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका स्थानीय मनिष गुप्ताले बताए । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएका छन् ।

वडामा प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको छ । शिवराज अस्पतालमा ४० जना बिरामी भर्ना भएका अस्पतालका चिकित्सक डा. मुकेश चौधरीले बताए ।

समुदायमा कति बिरामी छन् भन्ने तथ्याङ्क हालसम्म आउन सकेको छैन । समुदायमा रहेका निजी क्लिनिक र स्वास्थ्य चौकीमा समेत बिरामीकाे चाप छ । नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए ।

प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण