ज्ञानेन्द्र र आशिफको अर्धशतकसँगै नेपालले जित्यो एकदिवसीय कृकेट श्रृङखला

ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको सतकीय साझेदारीमा युनाईटेड अरब ईमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जितेको छ ।

युएईसँगको तेस्रो तथा निर्णायक खेलमा नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

ओपनर आसिफले करिअरको चौथो अर्धशतक पूरा गरेका हुन् । उनले २७.२ ओभरमा अहमद राजाको बलमा २ रन लिएर अर्धशतक पूरा गरेका हुन् ।

७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीसँगको खेलमा एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गरेका आसिफले चार महिनाअघि आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्याण्डविरुद्ध ७१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

ज्ञानेन्द्रले एकदिवशीय क्रिकेटमा आफ्नो पाँचौं अर्धशतक पूरा गरेका हुन् । तीन खेलको शृंखलाअन्तर्गत निर्णाण्क खेलमा नेपालले १७७ रनको लक्ष्य पछ्याइरहेको छ ।

ओपनर अर्जुन साउद ९ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका ज्ञानेन्द्रले २९.४ ओभरमा अहमद राजालाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दा नेपाल शृंखला जिततर्फ अग्रसर छ ।

ज्ञानेन्द्रले पाँच खेलपछि र आसिफले चार खेलपछि अर्धशतक बनाएका हुन् । दाेस्राे विकेटकाे लागि याे नेपालकाे उच्च साझेदारी हाे । यसअघि गत वर्ष ओमानविरुद्ध ज्ञानेन्द्र र आसिफले नै ९२ रनकाे साझेदारी गरेका थिए ।

ज्ञानेन्द्रले सन् २०१८ अगस्ट १ मा नेदरल्याण्डसँग पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । पछिल्लोपल्ट सन् २०२१ सेप्टेम्बर १९ मा ओमानसँगको खेलमा अविजित ५२ रनको अर्धशतकीय पारी खेलेका थिए ।

२१ एकदिवशीय अन्तर्राष्ट्रियमा ५ अर्धशतकसहित ज्ञानेन्द्रले ५ सय भन्दा बढी रन बनाएका छन् ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना