देवदह // नेपाली काङ्ग्रेस देवदह नगरसमितिद्वारा श्रद्धेय नेता जीवलाल पराजुलको ५ औँ स्मृति दिवसमा शैक्षिक सामाग्री वितरण गरेको छ । देवदह नगरपालिका वडा नं ४ सिंगाहामा रहेको शान्तिप्रिय आधारभुत विद्यालयका विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै महासमिति सदस्य मणि प्रसाद शर्माले स्वर्गीय जीवलाल पराजुलीलाई स्मरण गर्दै उनले समाज प्रति गरेको योगदानको कदर गर्दै उनैको बाटोमा अगाडि बढ्न समग्र नेपाली काङ्ग्रेसका सदस्यहरूलाई आग्रह गरेका छ्न । त्यस्तै नेपाली काङ्ग्रेस रूपन्देही जिल्ला सहसचिव बासुदेव रिमालले स्वर्गीय जीवलाल पराजुलीले आफू सम्पन्न साली हुँदा हुँदै पनि कुनै खालको घमण्ड नगरी समाजसेवामा तल्लिन रहने राजनेता गुमाउनु पर्दा आफूहरू भावविह्ल भएको बताउनु भयो । उहाले स्वर्गीय जिवलालले समाज प्रती देखेका अधुरा सपना पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
सोही अवसरमा बोल्दै स्वर्गीय जीवलाल पराजुलीका जेष्ठ छोरा चन्द्रकान्त पराजुलीले बुबाले देखेका अधुरा सपना आफूहरू मिलेर पूरा गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै शान्तिप्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक शेषनारायण रेग्मीले काङ्ग्रेसका नेता जीवलाल पराजुलिको योगदान को प्रशंसा गर्दै उहाको स्मृति दिवसको अवसरमा आफ्नो विद्यालयका विद्यार्थीलाई छनोट गरि शैक्षिक सामाग्री वितरण गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो ।
नेपाली काङ्ग्रेस देवदह नगर समितिका सचिव नेत्र रिजालको सञ्चलनमा कार्यक्रम सम्पन्न भएको थियो