जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

बुटवल । नेपाल बाल संगठन जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । नेपाल बाल संगठनले यही फागुन २८ गते शुक्रबारका दिन बाल दिवसरको अवसरमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना गर्न थालेको हो।

प्रतियोगितामा जिल्लाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने छन् । प्रतियोगितामा नेपाल बाल संगठन र बाल अधिकार र कर्तव्य, इतिहास, भूगोल, खेलकुद, सुक्ति, पुरारुप, पुरस्कार, साहित्य र साहित्यकार, राजनितिक, समसामायिक, धर्म र संस्कृति, गणित, विज्ञान र प्रविधि, रमाईलो प्रश्न, श्रव्य दृश्य, बजर राउण्ड, रेपिडफायर तथा विभिन्न विधाका प्रश्नहरु सोधिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार सहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद १० हजर सहित शिल्ड र प्रमाणपत्र, तृतीय हुनेलाई ५ हजार सहित शिल्ड र प्रमाणपत्र र सान्त्वना हुनेलाई ३ हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीले जनाएका छन् ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल