जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा ग्रीनप्लान्ट मा.वि प्रथम

बिज्ञापन

बुटवल । नेपाल बाल संगठन रुपन्देहीको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । “बालबालिकामा लगानिः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगिता सम्पन भएको हो ।

बिज्ञापन

नेपाल बाल संगठन रुपन्देही जिल्ला सभापति साजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालय प्रमुख गणेश अर्यालको प्रमुख अतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा रुपन्देहीका ३६ विद्यालय सहभागी भएको थिए । जसमध्ये दोश्रो चरणका लागि ग्रीनप्लाट मा.वि, सैनामैना मा.वि, कान्ति मा.वि, नू होराईजन मा.वि, सेभेन स्टार ई. बो. स्कुल र देवदह बुद्ध पब्लिक आवासीय मा.वि प्रवेश गरेका थिए ।

सो प्रतियोगितामा ग्रीनप्लाट मा.वि प्रथम, नू होराईजन मा.वि द्वितीय, सेभेन स्टार ई. बो. स्कुल तृतीय र देवदह बुद्ध पब्लिक आवासीय मा.वि सान्त्वना स्थान हासिल गरेको थियो ।

बिज्ञापन

प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार सहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद १० हजर सहित शिल्ड र प्रमाणपत्र, तृतीय हुनेलाई ५ हजार सहित शिल्ड र प्रमाणपत्र र सान्त्वना हुनेलाई ३ हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीले बताउनुभएको थियो । संगठनको उपाध्यक्ष अञ्जु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल बाल संगठन रुपन्देहीका सचिव कल्पना पाडें मगरले गर्नुभएको थियो ।

सम्बन्धित खवर

देवदहमा लायन्स क्लबको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भैरहवामा सडक खाना महोत्सवको रौनक

देवदहमा सञ्चालनमा आयो इन्टेक लाउन्जबार एण्ड होटल

प्रथम बुद्ध मावली क्रिकेट कप ; दोश्रो दिनको खेलमा टटेरा ब्वाईज विजयी

बुद्ध पब्लिकका विद्यार्थी अन्तराष्ट्रिय कराते प्रतियोगिताका लागि भारतको पश्चिम बङ्गाल प्रस्थान

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु

कोलिय देवदह साकोस- तारापुञ्ज, देउराली र शंकरपुर सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न