जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत जाने

फाइल तस्विर
बिज्ञापन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज घिमिरेले फैसलाप्रति आफ्नाे पक्ष असन्तुष्ट रहेको बताए ।

बिज्ञापन
जिल्ला अदालतमा पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको तर्क गरे । न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको उनको भनाइ थियो ।

सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले मात्रै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको घिमिरेले स्पष्ट पारेका छन् ।

घिमिरेले पत्रकार संग भने, ‘हामी सन्दीप लामिछाने शुरुवातीका दिनदेखि निर्दोष हो भन्ने मान्यता राख्छौं । र ऊ पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वस्त छ । हामीलाई सम्मानित अदालतको स्वतन्त्र, निष्पक्षमा अटल विश्वास छ । र, त्यो हुँदाहुँदै पनि सम्मानित अदालतले गरेको दोषी ठहर गर्ने जुन फैसला गरेको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ । फैसलालाई च्यालेन्ज गर्ने हाम्रो अधिकारको उपयोग गर्नेछौं ।

बिज्ञापन

कुनै पनि वस्तुगत आधार, प्रमाणहरुले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीप लामिछाने दोषी करार भएको अवस्था छ । यो सजाय र फैसला पूर्वाग्रही भयो । न्यायालयले फैसला सुनाउँदाखेरी कुनै आधार र प्रमाण लिएको हुनुपर्ने हो । त्यो गरिएको छैन । त्यसमा हाम्रो आपत्ति र डिसेन्टिङ ओपनियन छ । हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौं ।

हामी दोषी होइनौं, हाम्रो पक्ष दोषी होइन । सन्दिप लामिछाने आफैंले आफू निर्दोष रहेको कुराको दलिल गरेको छ । कुनैपनि कुराको आधार, कारण, प्रमाणहरुले सन्दीप दोषी देखिँदैनन् । तर अदालतले दिएको आदेश फेरी हामीले मान्नुपनि पर्नेहुन्छ । त्यसलाई अन्यथा भन्नका लागि हामी उच्च अदालत गएर नै दाबी गर्छौ । दोषी भएको कुरामा हामीलाई विश्वास भएन ।’

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै