ललिता घिमिरे, देवदह //समस्याले भाग्यमानीको मात्र ढोका ढकढक्याउछ जसले समस्याको समाधान गर्छ त्यो मान्छेले सफलता प्राप्त गर्न सक्ने कर्ण सकारात्मक साेचका संरक्षक कर्ण शाक्यले बताउनु भएकाे छ । सबै थोक प्राप्त मात्र गरेर त्यो मान्छे सफल हुदैन व्यक्तिमा सृजनात्मक शक्तिकाे पनि आवश्यक रहने साथै सकारात्मक सोचले ब्यक्ति, समुदाय तथा राष्ट्रको बिकासमा महत्वपुर्ण योगदान पुग्नेमा उहाले जाेड दिनु भएकाे छ । सकारात्मक सोचले आफनो निजी जीवन, समुदाय तथा राष्ट्रलाई समेत फाइदा पुग्ने उहाले बताउनुभयो ।रुपन्देहीको देवदहमा समृद्धिका लागि युवा अभियान नेपालको आयोजनामा भएकाे समृद्धिको लागि सकारात्मक सोच कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित कर्ण शाक्यले सकारात्मक उर्जाले मात्र जीवन उपयाेगी हुने कुरा बताउनु भएकाे हाे । समृद्विका लागि युवा अभियान नेपालका अध्यक्ष कृष्ण पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, उप सचिव टीकाराम शर्मा, शिक्षा शाखा अधिकृत पर्शुराम ढकाल, कर्ण सकारत्मक कोष संयोजक प्रविन शाक्य, कर्ण सकरात्मक कोष वरिष्ठ सल्लाहकार नारायण श्रेष्ठ, लुम्बिनी बौद्ध विश्व विद्यालयका डिन उकेशराज भुजु, देवदह नगरपालिका शाखा अधिकृत रमेश गिरी, इन्जिनियर राजकुमार यादव, देवदह नगरपालिकाका शिक्षक, समाजसेवी व्यक्तित्व, युवा उद्यमी, लगाएत संघ संस्थाको सदस्य, स्थानियको सहभागिता रहेको थियो ।
कार्यक्रमले सहभागीहरुमा सकारात्मक सोचको विकास, युवालाई उधमशिलतामा प्रेरणा, देवदहको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य राखिएको संस्थाका अध्यक्ष पाैडेलले जानकारी दिनुभयो । सो कार्यक्रममा देवदह पर्यटन प्रमोसन, स्वरोज़गार, उद्यमशिलता र नेपालमै सम्भावना र अवसर खोज्ने बिषयमा ३०० उद्यमशिल युवाहरू संग साक्षात्कार गरिएको थियो । संस्थाका सचिव रमेश पाेखरेलकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे । पूरा भिडियो cyberprachar फेसबुक पेजबाट हेर्न सकिन्छ ।https://www.facebook.com/cyberprachardigital/