जनमतलाई कुल्चने नेतालाई जनताले हिसाव किताव गर्ने छन् – एमाले नेता विश्वकर्मा

बिज्ञापन

देवदह //जनमतको अनाधर गर्दै अदालतमा गएर फरक दलको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी विन्ति विसाउनेहरु अहिले मत मागिरहेको नेकपा एमालेका सचिव छविलाल विश्वर्माले बताउनु भएको छ। उहाले आफनै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तर अहिले भने विधि र प्रक्रियाको कुरा गरेर नागरिकलाई छल गरिरहेको आरोप लगाउनु भयो।

बिज्ञापन

रुपन्देहीको देवदह नगरपालिका ५, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलोको क्रममा भएको कोणसभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो। रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले समृद्ध राष्ट् निर्माणको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दावी गर्नु भयो। उहाले राष्ट् र राष्ट्यिताको लागि मंसीर ४ पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताउनु भयो। उहाले रुपन्देहीको क्षेत्र नम्वर १, को विकासको लागि र्दीकालिन योजना अगाडि सारेपनि गठबन्धन सरकारले बजेट कटौती गर्दा ओझेलमा परेको आरोप लगाउनु भयो। उहाले एमाले सरकारले अगाडि सारेको स्वास्थ्य बिमा कार्यक्रम अगाडि सारेपनि गठबन्धन सरकारले वेवास्ता गर्दा प्रभावकारी हुन नसकेको बताउनु भयो।

पुर्वमन्त्री समेत रहनु भएका नेता विश्वकर्माले मंसीर ४ पछि एमालेको नेतृत्वमा सरकार गठन भएपछि सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने दावी गर्नु भयो। उहाले एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका, एक अस्पतालको अवधारण अगाडि सारेको बताउनु भयो। उहाले एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र सुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान गर्ने दावी गर्नु भयो। नेता विश्वकर्माले रोहिणी नदीलाई राष्ट्यि योजनाको रुपमा अगाडि सारेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनु भयो। उहाले यस क्षेत्रलाई उत्तर र दक्षिण जोड्नको लागि सडक निर्माणको काम अगाडि बढाएको बताउनु भयो। उहाले नागरिकले दिएको सुझाव र जनताको चाहना अनुसार विकास निर्माणको कामलाई तिव्रता दिने बताउदै अधुरा कामहरुलाई पुर्णता दिने दावी गर्नु भयो।

बिज्ञापन

नेता विश्वकर्माले कम्यूनिष्ट आन्दोलनलाई वीचमै छोडेर भाग्नेहरुले देशको विकास गर्छु भन्ने कुरा नागरिकलाई ढाट्ने काम वाहेक केही नभएको आरोप लगाउनु भयो। उहाले सत्ता गठबन्धनले उम्मेदवार समेत नपाएको बताउदै स्वतन्त्रलाई लिएर अगाडि बढेको अवस्थामा आफु मात्र यस क्षेत्रको साझा उम्मेदवार रहेको दावी गर्नु भयो। सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिष चौधरीले यस क्षेत्रमा नेपाली काग्रेसले धेरै बर्ष जितेपनि केही विकास गर्न नसकेको बताउनु भयो। उहाले राष्ट् र राष्ट्यिता बचाउनको लागि नेकपा एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल गरेको बताउनु भयो। घरदैलो कार्यक्रममा नेकपा एमाले, राप्रपा र जसपाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

सम्बन्धित खवर

देवदह बुद्ध पब्लिकमा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी…

संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान