जनताले गठबन्धनलाई पत्याउने कुनै आधार छैन : बिष्णु पौडेल

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमालेसंग विचार, दृष्टिकोण, नीति कार्यक्रमसहित जनता सामु जाँदा गठबन्धनसंग जनता सामु जाने कुनै आधार नभएको बताएका छन्।

बिज्ञापन

एमाले बिचार, दृष्टिकोण र त्यसका आधारमा तयार भएको घोषणा पत्र लिएर निर्वाचनामा होमिइसकेको छ, तर सत्ता गठबन्धनसंग न बिचार छ न नीति छ न कार्यक्रम छ न दृष्टिकोण छ न निर्वाचनमा जान घोषणा पत्र छ यस्तो अवस्थामा उसलाई जनता सामु जान समेत अप्ठेरो परिरहेको छ, पौडेलले भने।
सत्ता गठबन्धनसंग मुलकको नेतृत्व गर्ने नेतृत्व र त्यसलाई निर्देशित गर्ने साझा घोषणा पत्र समेत नभएको जनताले पत्याउने कुनै आधार नभएको उनकाे दावी छ ।

हामीले आगामी सरकारको नेतृत्व कसले गर्ने भनेर टुंगो लगाएर निर्वाचनमा लागेका छौं तर गठबन्धनलाई सोध्यो भने उनीहरुले प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्न सक्ने अवस्थामा छैनन्, उनले थपे। हामीले अवको सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुन्छ भनेर निर्णयका साथ जनता सामु मत माग्न थालिसकेको छौं तर गठबन्धनले अवको प्रधानमन्त्री को हो भनेर सोध्यो भने जवाफ दिन सक्छ ? नेकपा एमाले लुम्विनी प्रदेश सल्लाहकार परिषदको बुटवलमा आयोजित प्रथम बैठकलाई सम्वोधन गर्दै पौडेलले भने। चुनावमा गठबन्धन भनेको केवल बाँडेर खाने मात्रै भएको भन्दै पौडेलले एमाले कार्यकर्ताहरुले यी बिषयहरु जनता सामु प्रष्ट पार्नुपर्ने बताए।

बिज्ञापन

सत्तागठबन्धन केवल बाडेर खाने दाउमा देखिएको बताउदै नेकपा एमालेको एकल बहुमत हुने गरी लाग्न र गठबन्धनका नाममा भएका देश बिरोधी गतिबिधि आम मतदातालाई बुझाउन कार्यकर्ताहरुलाई समेट्न नेतृत्वलाई पाैडेलले निर्देशन दिए।
प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न परिषद बैठकको उदघाटन सत्र उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संचालन तथा दुर्गा थारुको स्वागतमा सम्पन्न भएको थियो।
बैठकमा प्रदेश सल्लाहकार परिषद सदस्यमा मनोनित तथा प्रदेश संगठन कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।

प्रदेश सल्लाहकार परिषद अध्यक्षमा डाक्टर मुरारि यसैबीच प्रदेश सल्लाहकार परिषद बैठकले रुपन्देहीका डा. मुरारि पराजुलीलाई अध्यक्ष, बांकेका लुट बहादुर रावतलाई उपाध्यक्ष र रुपन्देहीका गोपाल प्रसाद अधिकारीलाई सचिवको जिम्मेवारी दिएको छ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा