जनचेतना फैलाउदै उज्यालो

देवदह । रुपन्देहीको देवदहमा “सर्पदंश तथा स्पन्दन एवं डेंगी रोग नियन्त्रण” सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र राईज हेण्डस नेपालको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकसकोटिले आयोजक संस्थाले निकै नै महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाले हामी नेपालीहरु स्वास्थ्य सम्बन्धी धेरै हेलचेक्राई गर्ने गरेको र स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु वेला बखत गरिरहनु पर्ने बताउनुभयो । उहाले प्रतिनिधि मुलक सहभागीता रहेको कार्यक्रम सिकेको कुरा आफ्नो गाउँसमाजमा गएर सिकाउन समेत आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा डेंगी रोग सम्बन्धि केरवानी स्वास्थय चौकीका ईन्चार्ज काशिराम रेग्मीले र सर्पदंश तथा स्पन्दन सम्बन्धि सर्प उद्धारकर्ता अश्विन राज ओझा र चेत बहादुर सारु मगरले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा रेडियो देवदह अध्यक्ष झविद्र प्रसाद पाण्डे, सामजसेवी दिनानाथ अर्याल, नमकान्त पाण्डेय, केशुमाया श्रेष्ठ, लक्ष्मी सिकदेल, हरी बस्याल, सर्प उद्दारकर्ता लगाएत वडा नं १,२,११ र १२ का टोलविकास संस्थाका प्रतिनिधि मुलकको सहभागीता रहेको थियो । कार्यक्रम उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्य रेनुका थारुको अध्यक्षता, यमकला बलालको स्वागत र मुकेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना