जनउत्थान दुग्ध उत्पादक सहकारीको २७औँ वार्षिक साधारणसभा सम्पन्न

देवदह । देवदह-२ स्थित जनउत्थान दुग्ध उत्पादक सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको आफ्नै भवनमा संस्थाले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार तथा लुम्बिनी विशिष्टिकृत सहकारी संघका लेखा सुपरिवेक्षण सदस्य बोधराज गौडेलले उद्घाटन गर्नुभएको थियो ।

साधारणसभामा संस्थाका पदाधिकारीहरूले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित भएका छन् । प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाले तीन लाख १८ हजार ६०० रुपैया शुद्ध मुनाफा गरेको उल्लेख छ । साधारण सभाले चालु आर्थिक वर्षको लागि एक करोड ३५ लाख ८४ हजार ५६० रूपैयाँको बजेट अनुमोदन गरेको अध्यक्ष जागेश्वर पंगेनीले जानकारी दिए ।

रेनुकला कवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा स्थानिय अगुवा झविन्द्र प्रसाद पाण्डे, तेजलाल डुम्रे, विष्णु पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विक्रम पौडेलले गरेका थिए ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने