जगदीशपुर ताल पंंक्षी आरक्ष घोषणा

कपिलवस्तु । कपिलवस्तुमा रहेको जगदीशपुर ताललाई पंक्षी आरक्ष घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले ताललाई पंक्षी आरक्ष घोषणा गर्नुभयो ।

उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै ताललाई पाहुना चरामैत्री बासस्थान बनाउन सकिने बताउनुभयो । जगदिशपुर तालको प्राकृतिक हिसावले नभत्काउन, पर्यावरणमा ध्यान दिँदै काम गरेमा प्रदेश सरकारले बजेटको कुनै अभाव हुन नदिने मुख्यमन्त्री केसीको भनाई थियो ।

उहाँले बजेटको अभाव भन्दा पनि योजना र लगनशीलताको अभाव भएकाले अब बन मन्त्रालयले पहल लिन र त्यसमा प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तालको कुल क्षेत्रफल २२५ हेक्टर र पानीको क्षेत्रफल १६१.५४ हेक्टर रहेको तालमा ६२०० हेक्टर सिचाईबाट करिव ६७०० घरधुरी लाभाविन्त भएका छन् । नेपालका १० वटा सिमसार क्षेत्रहरु मध्ये यो तालपनि सूचीकृत भएको छ ।

तालमा ३२ प्रजातिका स्तनधारी चराहरु पाइन्छ । तालमा डुवल्की चरा, खङखङे चरा, सिन्धुरे चरा, कैलो टाउके, हरी हासले, सुडसिडिया, चिम चिमे, जल रंक, जलेवा, लगायत गरी २९५ प्रजातीका चराहरु पाइन्छ ।

तालमा नेपालमा पाइने २०१ मध्ये ४३ प्रजातीका माछा पाइन्छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल