छाउपडी प्रथाविरुद्ध सचेतनामुलक गीत ‘छाउपडीको वेदना’

बैतडी ‘लाला बाला छाडिकन कै ठौर बास भयो

झान्या बेला भेट भएन छाउगोठमै सास गयो’

याे सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले तयार पारिएको डेउडा गीत हाे । याे गीत सार्वजनिक गरिएकाे छ । राजु तिर्वाको शब्द सृजनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय गायक राजु परियार र गायिका रेखा जोशीको स्वर छ । सनम कठायत र रोजी कुँवरको अभिनय रहेको उक्त गीतमा छाउपडी प्रथाको नकारात्मक प्रभाव देखाइएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ । गीतको भिडियोको सुरुवातमा एक महिलाको छाउपडी गोठमै सर्पले टोकेर मृत्यु भएको दृष्य समावेश छ भने अन्तिममा छाउपडी प्रथाविरुद्ध जनचेतनामुलक सन्देश समावेश छ । यस्ता जनचेतनामुलक गीतका माध्यमबाट समाजमा व्यप्त सबै प्रकारका कुप्रथाहरू न्युनीकरण हुने यस गीतका सर्जक राजु तिर्वाको विश्वास छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल