चितवन गोल्डकप सञ्चालन हुने

चितवन । भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा विजेताले गोल्डकप उपाधिसहित रु सात लाख र उपविजेताले रु तीन लाख ५० हजार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताका लागि अहिले मैदान व्यवस्थापनको काम भइरहेको छ । चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माणको काम भइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न रु ७० लाख खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको प्रवर्धकका रूपमा चितवन जिल्ला फुटबल सङ्घ रहेको छ ।

सम्बन्धित खवर

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी

विद्युत प्राधिकरणमा नयाँ नेतृत्व: घिसिङ गए, शाक्य आए