घुम्न जाउँ, सुन्दर सिरुवारी गाउँ

जनकराज भट्टराई, पाल्पा। चिटिक्क परेका ढुंगेघर, ढुंगाकै गाह्रो, बाटो, आँगन, पिँढी र सरसफाईले चिट्टिक छ सिरुबारी अर्थात् नेपालको पहिलो पर्यटकिय गाउँ। गुरूङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि संसारभर ख्याती कमाएको गाउँ हो–सिरुबारी।

बिज्ञापन

स्याङ्जाको आँधिखोला गाउँपालिका -१ स्थित सिरुबारी नेपालकै पहिलो र एसियाकै उत्कृष्ट्र होमस्टे हो । यहाँ बाक्लो गुरुङ बस्ती छ । यहाका ३९ मध्ये १९ घरमा होमस्टे सुविधा छ। बि.स.२०५४ सालदेखि पर्यटन गाउँका अभियन्ता पूर्वसांसद स्व.क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा होमस्टे सञ्चालनमा ल्याइएको हो ।

पिछडिएको बस्तीमा होमस्टे संचालन गरेर पर्यटन प्रबर्द्धन गर्न उल्लेख्य भुमिका खेलेको सिरुबारी होमस्टेका अध्यक्ष क्याप्टेन पुर्ण बहादुर गुरुङ्गले जानकारी दिनुभयो । घुम्न आउनेहरु भन्छन,’मिठो खाना र आत्मीय व्यवहार सिरुबारीका विशेषता हो।’
होमस्टेमा रात विताउने गरि यात्रा गर्दा पहिल्यै खबर गर्नुपर्छ। र, घाम नडुब्दै गाउँ पुग्नुपर्छ।
पाहुनालाई गाउँको प्रवेशद्वारबाट फूलमाला र पन्चै बाजाले स्वागत गरेर गुम्बामा दर्शन गराएपछि घरघरमा बाँडेर राखिन्छ। साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ।
पाहुना सत्कार गर्ने सिरुबारीको शैली उदाहरणीय रहेको पाल्पाबाट आउनु भएका पर्यटक पवन थापाले बताउनु भयो।

बिज्ञापन

अहिले सिरुबारी गाउँ पर्यटनको पाठशाला जस्तो बनेको छ । देशदेखि विदेशीसम्म होमस्टेको अध्यन तथा अवलोकन गर्न सिरुबारी आइपुग्छन् । सिरुबारी गाउँबाट अन्य गाउँहरूले पर्यटनको सिको गरिरहेका छन् । सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो लर्कन देखिन्छ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर