ग्रीनप्लान्टमा भजन प्रतियोगिता सम्पन्न

देवदह । रुपन्देहीको देवदह–७ स्थित ग्रीनप्लाट मा.विमा भजन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले कृष्णजन्माष्टमीको अवसर पारेर अतिरिक्त क्रियाकलाप अन्र्तगत कक्षा मन्टेश्वरी देखि १० सम्म प्रतियोगिता आयोजना गरेको हो ।

जस अन्र्तगत कक्षा ४ देखि १० सम्मका विद्यायर्थीहरु बिच सदनगत भजन प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा नारायणी सदन प्रथम, लुम्बिनी सदन द्वितीय,
धौलागीरी सदन तृतीय र गण्डकी सदन सान्त्वना भएको हो। उक्त प्रतियोगिताको करुणा पौडेल र भागिरथ गौडेलले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य राजीव सापकोटा, सह–प्राचार्य शंकर सुवेदी लगाएतको उपस्तिथि रहेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षिका धनमाया शर्माको संयोजकत्वमा भएको कार्यक्रमको संचालन प्रभा कार्की र आर्यन धमलाले गरेका थिए ।

विद्यालयको अनुसार विद्यार्थीमा अन्तर्निहीत प्रतिभालाई प्रवद्धन गर्न तथा आफ्नो संस्कृतिलाई बचाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको हुनाले विद्यालयले समय समयमा यस्ता कार्यक्रम गर्दैआइरहेको छ ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त