ग्राफिक डिजाईनिङ तथा ए सि , फ्रीज बनाउने तालिम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ मा ग्राफिक डिजाईनिङ, डिजिटल मार्केटिङ, ए सि , फ्रीज, मोटर बनाउने तालिम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ५ को वार्षिक कार्यक्रम तथा वडा स्तरिय कार्यक्रम अन्तर्गत सो तालिम संचालन हुन गईरहेको हो।

अभिमुखिकरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर प्रवक्ता तथा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले तालिम लिगिसकेपछि रोजगारी खोज्ने भन्दापनि रोजगारदाताले आफुलाई रोज्ने बन्नु पर्ने बताउनुभयाे। उहाले तालिम लिगिसके पछि प्रमाणपत्रमा मात्र सिमित नभई सिकेको सिपलाई सहि ठाउँमा सदुपयाेग गर्नुपर्नेमा जाेड दिनुभयाे।

सो कार्यक्रममा बाेल्दै प्रशिक्षक दिपेश मल्लले अहिलेको प्रविधियुक्त समाजमा सूचनाकाे प्रमुख स्रोत भनेकै डिजिटल सामाग्रीहरू भएकाे र आज देशमा त्यस्ताे जनशक्तिकाे अभाव रहेकाे बताउदै तालिममा ध्यानपुर्वक सिक्नका लागि प्रेरित गर्नुभएकाे थियाे ।

देवदह नगरपालिका वडा न ५ मा संचालन हुन गईरहेकाे उक्त तालिममा तालिमपछिको सम्भावना, अवसर चुनौती लगायतको विषयमा प्रकाश पारीएकाे थियाे। कार्यक्रममा देवदह ग्राफिटेकका संञ्चालक राम बहादुर गुरुङ, क्याथ्वर्डका संचालक गणेश क्षेत्री, प्रशिक्षक दिपेश मल्ल, अरुण ज्ञवाली लगायतको उपस्थिति रहेकाे थियाे। तालिम मंसिर ११ गते देखि सञ्चालन हुने वडा कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते