गौमुखी गाउँपालिकाले मृतक परिवारलाई ५० हजार राहत दिने

प्युठान। प्युठानको गाैमुखी गाउँपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाएका मृतक परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
गाैमुखी -६ लिवाङमा शनिबार भएकाे जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउपालिकाले नगद राहत दिने निर्णय गरेको हो। दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रति व्यक्ति ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएकाे गाैमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरिले जानकारी दिनुभयो ।
उहाका अनुसार गाउँपालिकाले ४ लाख रूपैयाँ बजेट तत्कालै व्यवस्था गरेर राहत उपलब्ध गराउने छ ।
अध्यक्ष गिरीले बिपदमा परेका नागरिकलाई राहत उपलब्ध गराउन गौमुखी गाउंपालिकाले कार्यबिधी बनाएको समेत सुनाउनुभयो ।
नौबहिनी गाउँपालिका -६ लुङबाट बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात र नौबहिनीका एक गरि आठ जनाको ज्यान गएको थियो। दुर्घटनामा बेहुलाबेहुली सहित ५ जना घाईते भएका थिए।
आइतबार गाउँपालिकाले शोक बिदा दिएको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने