गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकियो, प्रारम्भ १० विमान कम्पनीले उडान थाल्ने

चैत्र ३, भैरहवा । आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि तयारी अवस्थामा रहेको विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार प्रारम्भमा कम्तीमा १० वटा एयरलाइन्सले व्यावसायिक उडान थाल्ने तयारी छ । उडानका लागि कतिपय एयरलाइन्सले निवेदन दिइसकेको र कतिपयले दिने क्रम रहेको उनको भनाइ छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको विमानबाट फ्लाइट परीक्षण गरिने उनले बताए । विमानस्थलका लागि आवश्यक अन्य भौतिक पूर्वाधार अन्तर्गत भन्सार, अध्यागमन, सुरक्षा निकाय, मेट्रोलोजी लगायतका निकायलाई पनि पत्राचार गरिसकेको उनको भनाइ छ । ‘उहाँहरूलाई तपाईंका सबै पूर्वाधार र जनशक्ति हाम्रो विमानस्थलमा दुरुस्त राख्न भनेर आग्रह गरिएको छ,’ उनले भने ।

बिज्ञापन

उनका अनुसार यो विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानका अतिरिक्त कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल एयरवेजले उडानका लागि चासो राखेका छन् । अन्य कतिपय एयरलाइन्सले पनि उडानका लागि प्रस्ताव गरिरहेको उनले बताए ।


विमानस्थलका परियोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भौतिक पूर्वधारको काम सबै सकिएको बताए । उनले अन्य सरोकारवालाको कार्यालय व्यवस्थापनदेखि अन्य काम अब एक महिनाभित्रै सकिने जानकारी दिए । गौतमबुद्ध विमानस्थल निर्माण भएसँगै अब अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । भैरहवाबाट सिधै कुवेत, श्रीलंका, ओमन लगायतका मुलुकमा हवाई सेवा विस्तार हुने भएको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी नजिकै अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले पनि धार्मिक पर्यटक भित्र्याउन सहज हुने पर्यटन व्यवसायी बताउँछन् । विमानस्थल सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गी सिधै भैरहवा आउन सक्नेछन् । विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ । सरकारले आगामी जेठ २ गते बुद्ध पूर्णिमाको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो । यसअघि विमानस्थलमा विभिन्न प्राविधिक परीक्षणका काम भएका छन् ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन