गुल्मीमा शिक्षकमाथि छात्रा दुव्र्यावहार गरेको आरोप

गुल्मी–गुल्मीको एक विद्यालयमा शिक्षकले छात्रालाई दुव्र्यावहार गरेको आरोप लागेको छ । जिल्लाको रुरु गाउँपालिका ३ थानपती अवस्थित प्रतिभा प्रा.विमा अध्यनरत केहि छात्रालाई शिक्षकले पढाउने बेलामा शारीरिक अङ्ग छुने र शरिर मसार्ने जस्ता हर्कतले आफूहरु आजित भएको विद्यार्थीले आरोप लगाएका छन् । ३ र ५ कक्षामा अध्ययान गर्ने छात्रालाई प्रा.विका एक शिक्षकले दैनिक नैतिकहिन हर्कत देखाउन थालेपछि विद्यार्थीले अभिभावक संग गुनासो गरेपछि विद्यालय सम्म जानकारी आएको विद्यालयका प्रधानध्यापक लक्ष्मण पन्थीले जानकारी दिए ।

बिज्ञापन

शिक्षकले दुर्वव्यावहार गरेको भन्दै अभिभावकलले बिद्यालयमा गुनासो गरेपछि घटना वाहिरिएको थियो । शिक्षकमाथी लागेको आरोपको छनबिन नहुन्जेल बिद्यालयमा शिक्षक जान रोक लगाईएको प्रतिमा प्रा.वि का प्रधानध्यापक लक्ष्मण पन्थीले जानकारी दिए । प्रधानध्यापक पन्थीका अनुशार बुधबार अर्थात् जेठ १८ गते विहान विद्यालय व्यावस्थापन समिति र प्र.अ लगाएतको बैठक बसेपनि बैठक निस्कर्ष विहीन भएको र पुःन बेलुका बैठक बस्ने उनले बताए ।

घटनाबारे बुधबार बिहान विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हुतराज गौतम संगको सम्पर्कमा घटनाको वारेमा विद्यालयमा बैठक चलिरहेको बताएका थिए । उनले टेलिफोन सम्पर्कमा भनेका थिए अहिले बैठक बसिरहेको छ अबको एक घण्टामा बास्ताविकता थाहा हुन्छ भन्ने अनि खबर गर्छु भनेका अध्यक्ष गौतमको हालसम्म फोन नै उठ्दैन । बिहान बेलुका बैठक भन्दै अध्यक्ष लगाएतले घटनालाई लुकाउन खोजिएको अभिभावकले आरोप लगाएका छन् । केहिदिन अघि सतयवति गाउँपालिका हँसराको एक विद्यालयको कक्षा ९ मा अध्यापन गर्ने छात्रालाई बाल यौन दुव्र्यावहार गरेको आरोपमा दुई शिक्षक प्रकाउ परेका थिए ।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु