गीत लेखन, साहित्य र कविता मार्फत आफ्नो बेग्लै पहिचान बनाउन सफल : गीतकार मातृका भण्डारी (मुना)

बिज्ञापन

पछिल्लो समय साहित्य, कविता तथा गीतीलेखनमा चम्केको नाम हो मातृका भण्डारी (मुना) । मुसुक्क हाँस्ने, नम्र बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखि:हरुलाई आफुले सकेको सयोग गर्ने बानीले गर्दा सबैकि प्रिय छिन साहित्यकार, कवि, तथा गीतकार मातृका भण्डारी (मुना) ।

बिज्ञापन

बिगत ४ दशक भन्दा लामो समय देखि निरन्तर साहित्य र गीती लेखनमा समय व्यतीत गरेर आफ्नो छुट्टै पहिचान बनाएकी मुनाले अहिलेको अन्तराल सम्म उनको लेखनमा केहि पुस्तकहरु बजारमा आए, आधा दर्जन भन्दा बढी उनकै रचना र संगीतमा गीतहरु पनि बजारमा आए कति पय गीत आंशिक रुपमा चर्चा कमाए ।

केहि गीतहरु र पुस्तकहरु भने बजारमा आएका छैनन् आउँन बाँकी छन् । मुना भने निरन्तर साहित्य, कविता, र गीती लेखनमा ब्यस्त छिन । उनले रचना गरेका कतिपय गीतहरुमा अरु गायकहरुले पनि आवाज दिइसकेका छन् । उनि साहित्य तथा गीती लेखन संगसंगै संगीत पनि गर्ने गर्छिन भने,आफै रचना र आफै संगीत गरेका केहि गीतहरुमा उनि आफैले पनि स्वर भरेकी छन् । त्यसैले उनलाई बहुप्रतीभाकि धनि साहित्यकार,कवि, तथा गीतकार भन्दा फरक नपर्ला ।

बिज्ञापन

आउनुहोस् उनले रचना गरेका केहि,साहित्य, कविता ग्रन्थ, र गीतका बारेमा पनि छोटो चर्चा गरौँ.. उनले सर्वप्रथम (मनका छालहरु) साहित्य रचना (किताब) बजारमा सार्वजनिक गरिन जसमा एकै पुस्तकमा कबिता, गीत, गीती कथाहरु, शायरी, पारिवारिक कथाहरु, आमाका संघर्षका कथाहरु, साथै बिभिन्न समसामयिक लेखहरु एकै पुस्तकमा भएका कारण पनि उक्त किताब बजारमा लोकप्रिय रह्यो ।

त्यसपछि साहित्यकार, कवि, गीतकार मुनाले आफ्नै बुवा समाजसेवी/ शिक्षासेवी स्वर्गीय गोबिन्द घिमिरेको नाममा बुवाले जीवनमा गरेका संघर्षलाई कथाको रुपमा (स्वर्गीय गोबिन्द घिमिरे) स्मृति ग्रन्थ, किताब बजारमा ल्याईन, त्यसपछि,(जूनकिरीको उज्यालो) नामक कबिता संग्रह बजारमा ल्याइन् ।

उक्त कबिता संग्रह पनि कबिता मन पराउने पाठकहरु बीच निकै नै लोकप्रिय रह्यो, साथै उनले आफ्नै शब्द रचना तथा संगीत स्वरमा १० वटा भन्दा बढी गीतहरु बजारमा ल्याएकी छन, जसमा निष्ठुरी साइँला, मन परेको माया, अतितको पोका, नेपाली हौँ हामी, कस्तो छ स्वर्ग, उक्त गीतमा शब्द भने साहित्यकार गणेश घिमिरेको रहेको छ । संगीत/स्वर मुनाकै रहेको छ, आमालाइ सम्झिँदा, हौँ हामी पूर्वेली, सानीको जिन्दगि, एउटा प्यारो साथि र तीजै आयो लगायत गीतहरु सार्वजनिक भएका छन्, भने अन्य अरु गीतहरु आउने तयारीमा रहेको जानकारी दिंदै साहित्यकार/गीतकार मातृका भण्डारी (मुना) भन्छिन ‘म एक कर्मशिल नारी हुँ,। म फलको आश नगरी निरन्तर साहित्य र गीती रचनामा लागी रहेको मान्छे, म चर्चा भन्दा पनि थोरै पढून तर मेरो रचना खोजि खोजि पढून भन्ने चाहन्छु, म खुशी छु, जतिले मलाई चिन्नु भाको छ यो मुनाले राम्रो लेख्छ भनेर चिन्नु भाकोछ, म त्यसमा खुशी छु । जय साहित्य जय गीत संगीत ।’

सम्बन्धित खवर

भैरहवामा सडक खाना महोत्सवको रौनक

देवदहमा सञ्चालनमा आयो इन्टेक लाउन्जबार एण्ड होटल

प्रथम बुद्ध मावली क्रिकेट कप ; दोश्रो दिनको खेलमा टटेरा ब्वाईज विजयी

बुद्ध पब्लिकका विद्यार्थी अन्तराष्ट्रिय कराते प्रतियोगिताका लागि भारतको पश्चिम बङ्गाल प्रस्थान

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु

कोलिय देवदह साकोस- तारापुञ्ज, देउराली र शंकरपुर सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

कोलिय देवदह सहकारीको तारापुञ्ज सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न