गणतन्त्र दिवस : आयोजकलाई नभएको महत्व बटुवालाई

बिज्ञापन

बुटवल । लुम्विनी प्रदेश सरकारले बिशेष तामझामका साथ १५ औ गणतन्त्र दिवस मनाई रहदा लुम्विनी प्रदेशको जम्वो मन्त्री परिषदका बहुसंख्यक मन्त्री तथा सांसदहरु भने कार्यक्रममा सहभागी भएनन्।

बिज्ञापन

बुटवलको दिपनगर स्थीत सिद्धेश्वरीे खेलमैदानमा आयोजना गरिएको गणतन्त्र दिवस समारोहमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रमुख अमिक शेरचन बिरामी परेका कारण सहभागी हुन पाएनन भने प्रदेश सरकारका १७ मन्त्री मध्ये ३ जना मन्त्री मात्रै सहभागी भए। कार्यक्रममा आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा, कानून महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री रमा घर्ती, शिक्षा बिज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खां मात्रै सहभागी भएका थिए।

समारोहमा लुम्विनी प्रदेशका सभामुख उपसभामुख सहभागी थिए भने प्रदेशसभामा रहेका ८१ जना सदस्यहरुमध्ये भोज प्रसाद श्रेष्ठ र तुलाराम घर्ती मात्रै सहभागी थिए।

बिज्ञापन

मौसमको प्रतिकुलतका बावजुत सर्बसाधारणहरुको सहभागीता रहदा प्रदेशका मन्त्रीहरु भने गणतन्त्र दिवस मनाउन आएनन्। मन्चमा मन्त्रीहरुका लागि राखिएका कुसीहरु रित्तै रहदा कार्यक्रम खल्लो देखिएको कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधीहरुले बताए।

गणतन्त्र दिवसको अवसरमा मुल समारोह ब्यवस्थापन गरेको आन्तरिक मामिला तथा सन्चार मन्त्रालयले भिडियो स्कृनमा गणतन्त्र दिवससको प्रत्यक्ष प्रशारण तथा प्रदेशका गतिविधिहरुलाई समेटेर देखाइरहेको थियो । उक्त स्कृनमा देखाएका बस्तुहरुलाई बाटोमा काम फालिएका बोटलहरु उठाउदै हिड्ने बटुवाले महत्वका साथ बसेर हेरेका छन् । बिहान करिव ६ बजेतिर बाहिर बसेर हेरिरहेका ति बटुवा राती देखि नै आफु त्यही बसेर हेरेको बताउछन् ।

गणतन्त्र दिवसमा जुन उत्साह हुन्थ्यो त्यो उत्साह यसपाली खासै देखिएन । गणतन्त्र दिवस आयोजना गर्ने आयोजकबाट नै त्यो कुरा प्रमाणित भएन र ? सरकारका मन्त्रीले के कुरालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने अलिकती पनि हेक्का नरहेकै हो त ? देशमा महंगी बढेर आम जनता निराशा भइरहेको अवस्थामा सरकारले भने तामझाम गरेर खर्च गर्ने तर त्यसको उपलब्धी केही नहुने यस्ता गतिविधिले जनतामा झन निराशा थप्ने बाहेक अरु कुनै उपलब्धी देखिदैन । तसर्थ यस्ता दिवस मनाउँदा कि त आम जनताले नै अपनत्व लिने गरी आयोजना गरौं होइन भने औपचारिकताका लागि मात्रै गर्न जरुरी देखिदैन ।

सम्बन्धित खवर

डेल्टा कम्प्लेक्समा लागेको आगोले करोडौं नोक्सानी: १५ दमकलले लिएका थिए आगो नियन्त्रण

देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै