रुपन्देही // गठवन्धन सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ। उहाले गठबन्धन सरकार नागरिकको पक्षमा काम गर्नु भन्दा सरकार प्राप्तीको खेलमा लागेको आरोप लगाउनु भयो।
अखिल नेपाल महिला संघ देवदह नगर कमिटीले विजया दशमी, शुभदिपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो। प्रतिनिधि सभा सदस्य समेत रहनु भएका सचिव विश्वकर्माले देशको आर्थिक अवस्था कमजोर भएको अवस्थामा समेत गठबन्धन सरकारले अर्थतन्त्र सुधारको लागि कुनै पहल गरेको दावी गर्नु भयो। उहाले नेकपा एमालेलाई बलियो शक्तिको रुपमा स्थापित गर्न महिलाहरुको अह्म भूमिका हुनेमा जोड दिनु भयो। सांसद विश्वकर्माले समाजमा अहिले मौलाउदै गएको विकृति, विसंगतिलाई चिर्दै महिला संघले संगठन विस्तारका काम गर्नुपर्ने बताउनु भयो। उहाले हरेक चाड पर्व मनाउदा आफनो हैसियत अनुसार मनाउनु पर्ने बताउदै चाडपर्वको नाममा हुने विकृति रोक्न सवैले पहल गर्नुपर्नेमा जोड दिनु भयो। उहाले अखिल नेपाल महिला संघको माध्यमबाट आमनागरिकलाई एमालेमा समावेश गर्दै जानु पर्ने बताउनु भयो।
अखिल नेपाल महिला संघ देवदह नगर कमिटीका अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवं देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नेकपा एमाले रुपन्देहीक सचिवालय सदस्यद्धय बेद गिरी, प्रकाश अर्याल, अखिल नेपाल महिला संघका क्षेत्रीय सहईन्चार्ज देवी अधिकारी, नगर ईन्चार्ज देवु भट्टराई, क्षेत्रीय कमिटीका अध्यक्ष विष्णु घिमिरे, पुर्वअध्यक्ष शिला मल्ल लगायतले आ–आफना भनाई राख्नु भएको थियो।
अखिल नेपाल महिला संघ देवदह नगर कमिटीका उपाध्यक्ष फुलमाया श्रीषको स्वागत र सचिव अनिषा पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।