गठबन्धन दलहरू विदेशीको इशारामा चलेको नेताहरुको आरोप

जनकराज भट्टराई,पाल्पा। नेकपा एमालेका सचीव तथा लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिश्वकर्माले स्थानित तह निर्वाचनपछी एमाले झनै मजबुत र बलियो बनेको बताएका छन।

बिज्ञापन

नेकपा एमाले जिल्ला कमिटी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीलाई छिन्नभिन्न बनाउन खोज्नेहरूको सपना पूरा नभएको उल्लेख गरे । ‘पछिल्लो समयमा एमाले झनै मजबुत र बलियो बनेको छ।उनले भने, ‘एमालेबाट निस्किएर गएकाहरू अहिले बीचबाटोमा अलपत्र परेका छन्। बन्चरोको बिँडजस्तै भएका छन।’
यसैगरी,नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ भएको बताएका छन। उनले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताए।

प्रशीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बिस्टले एमालेले चुनाव हार्‍यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने र समाजवादको यात्रा समेत रोकिने दाबी गरे।
एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेको उनले बताए। राष्ट्रिय हितमा काम गरिरहेको एक मात्र पार्टी एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको विष्टले दाबी गरे।

बिज्ञापन

मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको उनले आरोप लगाए। ती नेताहरूको स्वार्थ पूरा गर्न नदिनको लागि कफन बाँधेर निर्वाचन जान कार्यकर्तालाई निर्देशन दिए।
नेकपा एमालेको सरकारले गरेका काम र गठबन्धन सरकारले एक वर्षमा गरेका कामका बारेमा जनतालाई छर्लङ्ग बुझाउन सके आगामी निर्वाचनमा एमालेको जित पक्का भएको उनले बताए।

कांग्रेसलाई इन्जिन र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई डिब्बाको संज्ञा दिँदै उनले थपे ‘इन्जिनमा लतारिएका डिब्बा कतिबेला चुँडिएर बाटोमा अलपत्र हुनेछन्। अहिले त्यस्तै अवस्थामा माधव कुमार नेपाल र प्रचण्ड पुगेका छन्।’

फरक विचार र सिद्धान्त भएका दलहरूबीचको गठबन्धन स्वार्थ पूरा नभएपछि टुट्ने अवस्थामा पुगेको उनले बताए। गठबन्धनकाे सीट बाँडफाँडकै विषयमा सहमति हुने संभावना कम रहेको नेता विष्टले बताए।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा