बुटवल । ख्याहा पाल्पा काठमाडौ समाज नेपालले आयोजना गरेकाे प्रथम संस्कणकाे खुल्ला कृकेट प्रतियोगिता -२०८० काे उपाधी हातेमालाे कृकेट क्लबले हात पारेकाे छ ।
कार्तिक १० गते भएकाे फाइनल खेलमा हातेमालाे कृकेट क्लबले पाल्पा भैरव कृकेट क्लबलाइ १८ रनले पराजित गर्दै बिजयी भएकाे हाे । ८ देखी १० गते सम्म संञ्चालन भएकाे खेलमा विभिन्न स्थानबाट १६ टाेलीले सहभागिता जनाएका थिए ।
सेमीफाइनलमा ख्याहा A टिमलाइ पराजित गर्दै पाल्पा भैरव कृकेट क्लब फाइनल प्रवेश गरेकाे थियाे भने ख्याहा रूपन्देही सम्पर्क समाजलाइ पराजित गर्दै हातेमालाे कृकेट क्लब फाइनल पुगेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथी तथा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य माननीय सासंद ठाकुर प्रसाद गैरेले बिजयी टिमलाइ पुरस्कार रकम तथा ट्रफी प्रदान गर्दै ख्याहाकाे खेल क्षेत्र तथा समग्र विकासकाे लागि आफ्नाे तर्फबाट पहल गर्ने बताउनु भएकाे थियाे ।
विशिष्ट अतिथी वार्ड अध्यक्ष चिरञ्जीवी पोखरेलले मेडल र प्रमाणपत्र प्रदान गर्दै ख्याहा पाल्पा काठमाडौ समाज नेपालले कृकेट खेलकाे आयोजना गरेकाेमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।
प्रतियाेगितकाे म्यान अफ द म्याच तुल बहादुर थापा बनेका छन । उनले ब्याटिङ तर्फ ७० रन र वलिङ तर्फ ६ बिकेट लिदै सर्वाेकृष्ट खेलाडी बने ।
बिजया दशमीको अवसर पारेर ख्याहा पाल्पा काठमाडौ समाज नेपालले पाल्पा ख्याहाको कराम्दी कृकेट मैदानमा खृल्ला कृकेट खेलको आयोजना गरेको थियाे । प्रतियाेगिता हेर्न दिनहुँ पाँचसय बढी दर्शक मैदान पुगेका थिए ।
प्रतियाेगिताकाे समापन ख्याहा पाल्पा काठमाडौ समाजका अध्यक्ष दिवाकर पराजुलीकाे अध्यक्षता तथा सचिव कमल प्रसाद पाण्डे संचालनमा सम्पन्न भएकाे थियाे ।