खाद्य तथा व्यापार कम्पनीमा सह-विभागीय प्रमुखदेखि सहायकसम्मका साठी जना कर्मचारी माग

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदका लागि ६० जना कर्मचारी माग गरेको छ।

कम्पनीले नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ती गर्नका लागि शुक्रबार दरखास्त आह्वान गर्दै सूचना निकालेको हो।

जनअनुसार ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत,  प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक,  प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा दरखास्त माग गरिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर पदअनुसार फरक-फरक निर्धारण गरिएको छ।

विज्ञापन हेर्नुहाेस –

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते