काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै भ्रष्टलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार जना चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
बालेनले चालकहरु रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन् ।
उनले भनेका छन् : भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन !