कोभिड–१९ बाट नेपालको अर्थतन्त्रमा पारेको प्रभाव

गोकुल पाण्डे । सन २०१९ डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखा परेको कोरोना भाईरसको संक्रमण बिश्वका झण्डै २२० मुलुकमा १९ करोड ५३ लाख ८९ हजार बढी संक्रमित हुदा ४१ लाख ८३ हजार बढीको मृत्यु भईसकेको छ । कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र समेत प्रभावित भएको छ। सन १९८० पछी हालसम्म विभिन्न कालखण्डमा देखापरेका अन्य महामारी र वित्तीय संकटबाट सिर्जित आर्थिक मन्दी भन्दा पनि कोभिड–१९ बाट सिर्जित आर्थिक मन्दीवाट विश्व अर्थतन्त्र बढी प्रभावित हुन् पुगेको छ। महामारीको कारण छोटो समयमा जनस्वास्थ्य तथा मानव जनजिबनका साथै अर्थव्यवस्था र जनजिबन समेत प्रभावित बन्न पुगेको छ । कोभिड–१९ को महामारी बाट मानिसको जीवन रक्षा गर्न अवलम्बन गर्नु पर्ने रोकथाम तथा नियन्त्रणका उपायका कारण दैनिक जिवनयापन नै असहज हुने परिस्थिती सिर्जना भएको थियो । स्वभाविक रूपमा महामारीको समयमा मानव जिवन रक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने हुन्छ।
संक्रमण रोक्न सरकारले गरेको लामो समयको बन्दाबन्दी निषेधाज्ञा संगै कोरोना महामारीबाट उत्पन्न आर्थिक संकट को वावजूद नेपालको मुद्रास्फिती वाच्छित सिमाभित्र रहेको स्थिर मुद्रा, शोधनान्तर स्थिती तथा विदेशी विनीमय संञ्चीती सुविधाजनक रहेको, वित्तीय क्षेत्र सवल रहेको र पुर्ननिर्माणमा भएको प्रगती र पूर्वाधार विकासको क्षेत्रमा भएको बिस्तारको कारण आगामी दिनमा आर्थिक स्थिती सवल हुदै जाने अपेक्षा गरिएको छ ।
कोरोना भाईरसको माहामारी बाट छिमेकी मुलुक भारत संगै नेपालमा पनी स्वास्थ्य संकट सृजना भई अक्सिजन को चरम अभाव, अस्पतालमा कोभिड संक्रमित बिरामीको अत्याधिक बृद्धि हुँदा प्रर्याप्त बेडको अभाव हुन पुग्यो ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि परीक्षणको दायरा विस्तार, उपचारको व्यवस्था, स्वास्थ्य उपकरण तथा सामग्रीको आपूर्ति, निःशुल्क खोपको सुनिश्चितता, स्वास्थ्य पुर्वाधार विकास र चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको प्रभावकारी परिचालन र कोभिड–१९ बिरुद्ध पर्याप्त खोप उपलब्ध गराउनुपर्ने हुन्छ ।
कोभिड–१९ नियन्त्रणमा आएपछी अर्थन्त्रमा भि आकारको अधिक वृद्धी हुने अपेक्षा रहेको थियो । तर नया वर्ष २०७८ को सुरुवाती संगै फैलिएको कोभिड–१९ को दोस्रो लहरले गर्दा क्रमश  :गतिशिल वन्दै गएको अर्थतन्त्रमा गम्भिर चुनौती सिर्जना भएको छ ।
सन् २०२० को प्रारम्भमा देखापरेको कोभिड- १९ महामारीले हाम्रो विकास र समृद्धिको यात्रालाई गम्भीर रुपमा प्रभावित गरेकोछ। कोभिड महामारी र सोको रोकथाम र नियन्त्रण गर्न बाध्यतावश अवलम्बन गरिएका क्रियाकलापले गर्दा धेरै नेपालीको काम र रोजगारी गुमेकोछ । संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि गरिएको अथक प्रयासका वावजुद ठूलो संख्यामा नेपालीहरूले ज्यान गुमाउनु परेकोछ। कोभिड- १९ महामारीको दोस्रो लहरको जोखिम बढ्दै जाँदा हाम्रा सामु चुनौतीहरू थपिएका छन्। संक्रमण जोखिम कायम रहने अवधि र यसको प्रभाव अझै यकिन हुन सकेको छैन । कोभिड- १९ महामारीबाट आर्थिक गतिविधि प्रभावित हुँदा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक हुनपुग्यो। सरकारले कार्यान्वयन गरेको आर्थिक पुनरूत्थानसम्बन्धी नीति तथा कार्यक्रमको सकारात्मक परिणामस्वरूप चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने प्रारम्भिक अनुमान छ । तथापी, कोभिड- १९ को दोस्रो लहरबाट आर्थिक क्रियाकलाप पुनः प्रभावित भएकोले अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न चुनौती थपिएकोछ । स्वास्थ्य जोखिमका वाबजुद आपूर्ति श्रृङ्खला नियमित नै रहेकाले मुद्रास्फीति नियन्त्रणमा छ। गतवर्ष ६.७ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति चालु आर्थिक वर्षको ९ महिनामा ३.१ प्रतिशतमा सीमित भएकोछ। शोधनान्तर स्थिति बचतमा रहेको, विप्रेषण आप्रवाहमा वृद्धि भएको, विदेशी विनिमय सञ्चिति पर्याप्त रहेको, कर्जा र निक्षेपको वृद्धिदर सकारात्मक रहेको, पुँजी बजारमा कारोबार वृद्धि हुँदै गएकोछ । तथापि, कोभिड- १९ को दोस्रो लहरका कारण यी परिसूचकमा आगामी दिनमा चाप पर्ने अनुमान छ ।

सम्बन्धित खवर

देवदह बुद्ध पब्लिकमा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी…

संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान