कैदी भागेपछी जेलर र सुरक्षा प्रमुख तानिए

दाङ । दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् ।

बिज्ञापन

कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको दाङ प्रहरीले जनाएको छ । जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई जिम्मेवारी दिइएको छ भने सुरक्षा प्रमुखमा प्रहरी नायव निरीक्षक नन्दराम केसीको कमाण्डमा सात जना खटाइएको छ ।

छालाको उपचार गर्न भनि कारागारका नाइके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले गत बुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर, उनीहरु अस्पताल नगई होटलमा पुगेको र त्यहीँबाट भागेका प्रहरीको भनाइ छ ।

बिज्ञापन

घटनामा संलग्न भएका प्रहरी जवानसहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, दुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ । भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जंगलमा बिहीबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् । डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्ड र सिआईविको टोलीले खोजी तथा अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना