केही ब्यक्ति अलग हुँदैमा निराश हुनुपर्ने छैन – एमाले नेता खिमलाल भट्टराई

बुटवल । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य खिमलाल भट्टराईले पार्टीबाट केही ब्यक्ति छुट्टएर जादैमा निराश हुन नपर्ने बताउनुभएको छ । रुपन्देहीको गैडहवा गाउँपालिकामा भएको युवाहरुको भेलामा सम्बोधन गर्दै वहाँले लामो समय पार्टीको नेतृत्व गरेका केही ब्यक्ति आज फेरी नेपालमा अस्थिरता सिर्जना गर्ने तत्वको भरिया बनेर नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर विभिन्न स्वार्थ र पदको लोभले अर्काे पार्टी बनाउन गएको बताउनुभएको हो ।

बिज्ञापन

नेकपा एमालेका युवा नेता भट्टराईले नेकपा (एमाले) प्रगतिशील, जनपक्षीय पार्टी भएकाले हावाहुरी चल्नासाथ विचलित हुने पार्टी नभएको बताउनुभएको थियो । वहाँले नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आब्हान समेत गर्नुभएको थियो ।

राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक समेत रहनुभएका भट्टराईले रुपन्देहीको क्षेत्र नं.–५ मा नेपाली काँग्रेसले १५ वर्ष शासन गर्दा समेत कुनै परिवर्तन ल्याउन नसकेको भन्दै अव यस क्षेत्रको नेतृत्व नेकपा एमालेले गर्छ र परिवर्तन ल्याउँछ भन्नुभएको थियो । वहाँले नेकपा एमालेको नेतृत्वमा गैडहवामा वस्ती विकास, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने समेत बताउनुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख भुमिश्वर ढकालले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पु¥याउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवा शक्तिलाई अपिल गर्नुभएको थियो । क्षेत्र नं.–५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहनुभएका ढकालले अहिलेको गठबन्धनको सरकारले एकपछि अर्काे गर्दै जनताको हित विपरितका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको हुँदा त्यसका विरुद्ध एकजुट भएर खवरदारी गर्न युवाहरुलाई आब्हान गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, जिल्ला संयोजक मनोज गौचन शिक्षक संगठनका गैडहवा गाउँ कमिटी संयोजक सञ्जयकुमार यादव, विद्यार्थी नेता सन्दिप गुप्ता लगायतले बोल्नुभएको भयो भने राष्ट्रिय जनकलाकार प्रिया भण्डारीले आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गनुृभएको थियो ।

नेकपा एमाले गाउँ कमिटी अध्यक्ष भुवन रानाको अध्यक्षतामा र सचिव कृष्णशंकर गुप्ताको सञ्चालनमा सम्पन्न भएको युवा भेलामा मिन भट्टराई संयोजक, पदम थापा सहसंयोजक, रमेश जयसवाल सचिव रहेको १४६ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल, गैडहवा गाउँ कमिटी गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै