विश्व फोक्सो दिवसकाे अवसरमा केरवानी स्वास्थ्य चौकीले सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।
रोकथामका लागि पहुँच र सबैका लागि उपचार भन्ने मुल नारा सहित केरवानी स्वास्थ्य चौकीमा विश्व फोक्सो दिवस २०२३ सम्पन्न भएको छ।
केरवानी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटी ज्युको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह मेडिकल कलेजका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.सुन्दर पान्डेले प्रशिक्षण गर्नुभएको थियो।
कार्यक्रममा फोक्सो सम्बन्धि समस्या तथा रोगहरू, ति- रोगहरुबाट बच्ने उपायहरु संगै उपचार तथा व्यवस्थापन लगायतका विषयमा डा.पान्डेले जानकारी प्रदान गर्नुभएकाे थियाे ।
केरवानी स्वास्थ्य चौकिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, टोल सुधार समिति, महिला सामुदायिक स्वयंसेविका, विध्यार्थी तथा शिक्षक शिक्षिका लगायत अन्य स्थानियकाे उपस्थिती रहेकाे कार्यक्रमकाे सञ्चालन केरवानी स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मी ले गर्नुभएको थियो।