देवदह। रुपन्देहीको देवडह ५ मा स्थित केरवानी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन गरिएको छ। सौहार्दपूर्ण वातावरणमा सर्वसम्मत रूपमा गठन गरिएको नयाँ समितिलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्यसहित जिम्मेवारी हस्तान्तरण गरिएको हो।
नवगठित समितिमा अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत चयन भएका छन् । त्यस्तै पदेन सदस्यमा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, सदस्यहरुमा पदमा कुमारी रिजाल, सीता कुमारी काफ्ले, पुर्ण चन्द्र पुरी, माया भण्डारी भट्टराई, बिनीता अधिकारी काफ्ले र सदस्य सचिवमा निर्मल ढुंगाना रहेका छन् । शैक्षिक गुणस्तर सुधार समिति संयोजकको जिम्मेवारी भगवती श्रेष्ठ लाई दिइएको छ।
विद्यालयको समग्र शैक्षिक उन्नयन र व्यवस्थापनमा नवगठित समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।