केपी ओली टी–२० कपमा बाग्मती दाेस्राे जितसहित सेमिफाइनलमा

पाेखरा । लगातार दाेस्राे जितसहित बाग्मती केपी ओली कप टी-२० क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ ।

आज शुक्रवार भएकाे खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले हरायाे । बाग्मतीले दिएकाे १ सय ९० रनकाे लक्ष्य पछ्याएकाे कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयाे ।

कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४ र दिपेश श्रेष्ठले २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनायाे । बाग्मतीका रित गाैतमले ८२ र ईशान पाण्डेले ७० रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।

यसअघि हिजाे बिहीवार भएकाे खेलमा बाग्मतीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘राताे’ टाेलीलाई १ सय ९ रनले हराएकाे थियाे । बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगेकाे हाे ।

हिजाेदेखि शुरु भएकाे प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त