केपी ओली कप टी–२० क्रिकेटमा सन्दीपकाे ४ विकेट संगै बाग्मतीकाे फराकिलाे विजयी शुरुवात

बिज्ञापन

पाेखरा ।  केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा बाग्मती प्रदेशले विजयी शुरुवात गरेकाे छ ।

बिज्ञापन

आज बिहीवार कास्कीकाे पाेखरा रङ्गशालामा भएकाे खेलमा बाग्मतीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘राताे’ टाेलीलाई १ सय ९ रनले हरायाे ।

बिज्ञापन

बाग्मतीले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘राताे’ १४ ओभर २ बलमा ७५ रन बनाउँदा अल आउट भयाे । मदन भण्डारीका तर्फ कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३ रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४, सुवाश खत्रीले ३ र प्रतिस जिसीले २ विकेट लिए ।

आजदेखि शुरु भएकाे प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व