केपी ओली कप टी-२० क्रिकेटमा लुम्बिनी पहिलो खेलमै पराजित

बिज्ञापन

बुटवल । पाेखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा आज सशस्त्र प्रहरीको एपीएफ र कर्णाली प्रदेश विजयी भएका छन् । पोखरा मैदानमा एपीएफले लुम्बिनी प्रदेशलाई ८४ रनले हरायो । एपीएफले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्रै बनायो । लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन बनाए ।

बिज्ञापन

बलिङतर्फ एपीएफका अरुण ऐरीले पाँच विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ७ विकेट गुमाएर १ सय ५१ रन बनायो । उसका लोकेश बमले सर्वाधिक ३२ रन बनाए । जितसँगै एपीएफले दुई खेलमा दुई अङ्क जोडेको छ । लुम्बिनी आज पहिलो खेलमै पराजित भएको हो।

आजै भएको पहिलो खेलमा कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हराएकाे छ । जितका लागि १ सय १० रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर एक बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।

बिज्ञापन

बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ, मदन भण्डारी बाहिरिएको छ । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल