केपी ओली कप टी-२० क्रिकेटमा मधेसले सुदूरपश्चिमलाई ८ विकेटले जित्याे

बुटवल । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले । ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए । बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८ रनमै समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए । विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १-१ विकेट लिए । सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए । मधेसका बलरसामु सुदूरपश्चिमका ब्याटर क्रीजमा जम्न सकेनन् ।

यो जितसँगै समूह सीमा मधेस प्रदेश र नेपाल पुलिस क्लबको २-२ अंक भएको छ । मधेससँग हारेको सुदूरपश्चिम अंकविहीन छ । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ । यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना