केपी ओली कपमा मदन भण्डारी ‘निलो’ हार्दा काेशीकाे सान्त्वना जित

बुटवल । केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह ‘डी’ काे खेलमा काेशीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘निलो’ लाई ९ विकेटले हरायाे ।

मदन भण्डारी ‘निलो’ ले दिएकाे ६८ रनकाे सामान्य लक्ष्य काेशीले ७ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायाे । काेशीका साेनु अन्सारीले नट आउट ३५ रन बनाए । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का शुभम् खनालले १ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मदन भण्डारी ‘निलो’ १७ ओभर ५ बलमा ६७ रनमा अल आउट भयाे । मदन भण्डारी ‘निलो’ का अर्जुन रायमाझीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ काेशीका श्रवण यादवले ३ तथा फिर्दाेश अन्सारी र कमल खत्रीले समान २ विकेट लिए ।

केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल सेमीकरण यसअघि नै पूरा भइसकेकाे छ । समूह ‘ए’ बाट बाग्मती प्रदेश, समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब, समूह ‘सी’ बाट मधेस प्रदेश र समूह ‘डी’ बाट आर्मी सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल भाेलि बिहीवार हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल पर्सि शुक्रवार हुनेछ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी