केपी ओली कपकाे दाेस्राे सेमिफाइनलमा मधेशले एपिएफलाई हरायाे; फाइनलमा आर्मीसंग भिड्ने

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको दाेस्राे सेमिफाइनलमा मधेश प्रदेशले एपिएफ क्लबलाइ ११ रनकाे जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रनकाे विशाल लक्ष्य खडा गरेकाे थियाे ।

मधेश प्रदेशका लागि अनिल साहले सर्वाधिक ५७ रनकाे पारी खेले । त्यस्तै इमरान शेखले ५० रन, पवन सराफले ३३ रन, रूपेश सिंहले २१ रन हिमान्सु दत्तले १५ रन र हरिसंकर साहले १० नलकाे याेगदान गरे ।

बलिङतर्फ मधेशका माैसम ढकालले  ३, अमर राैतलाले २ र पुरन वि.कले १ विकेट लिए ।

एपिएफका लागी प्रदिप एरीले सर्वाधिक ५५ रन बनाउदा सन्दीप जाेराले ५४, लाेकेश बमले ३२, सुमित महर्रजनले १३ रन बनाउदा भुवन कार्कीले आविजित १४ रन जाेड्दा २० ओभरकाे समाप्तीमा १८६ रन बनाउदै ११ रनले पराजित हुन पुग्याे ।

फाइनल खेल भाेली शुक्रबार दिउसाे १ बजे पाेखरा रंगशालाकाे कृकेट मैदानमा मधेश प्रदेश र विभागिय टाेली आर्मी क्लब बिच रहनेछ ।

सम्बन्धित खवर

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या