केन्द्रमा सरकार सञ्चालन गर्न पनि स्थानीय तहमा बहुमत चाहिन्छ -केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकार सहज ढंगले चलाउन पनि स्थानीय तहको बहुमत स्थानमा चुनाव जित्नुपर्ने बताउनु भएको छ ।

बिज्ञापन

उहाँले सोहीअनुसार योजना बनाएर अघि बढ्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो ।

स्थानीय तह निर्वाचनको रणनीति बनाउने लगायत विषयमा निर्णय लिन बुधवार शुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बहुमत स्थानीय तहमा विजय हासिल गर्ने गरी जयारीमा जुट्न आग्रह गर्नुभएको हो ।

बिज्ञापन

‘केन्द्रमा बहुमतको सरकार बनेपछि पनि विकास जनताको घरदैलोमा पु¥याउने स्थानीय तह हुन् । स्थानीय तहमा महत्त्वपूर्ण ठाउँमा बहुमतसहित विजय हासिल गर्न सकेनौँ भने सहज नहुन सक्छ,’ ओली भन्नुहुन्छ ।

ओलीले संगठनात्मक, प्रचारात्मक र अरू पक्ष कसरी अगाडि बढाउने यसै बैठकले तय गर्नेछ । ‘आजका समस्या र चुनौतीको समस्या र समाधान गर्ने अभिभारा नेपाल एमालेसँग रहेको बताउनुभएको छ ।

बिहीवारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने लगायत कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु