कृष्ण अधिकारी : जो वडालाई नमुना बनाउन चाहेका छन्

देवदह // स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले देवदह नगरपालिका वडा नं ७ को अध्यक्ष पदको उम्मेदवारको रुपमा शित्तलनगरका प्रभावशाली युवा नेता कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ ।

बिज्ञापन

नेकपा एमालेभित्रका एक सच्चा, बफादार, बौद्धिक, सालिन, भद्र र इमान्दार नेताका रुपमा परिचय बनाउन सफल अधिकारी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

मेची अञ्चल पाँचथर जिल्ला खिदिम नगरपालिका वडा नं ५ केराबारीमा वुवा स्व.हरिप्रसाद अधिकारी र आमा मनमाया अधिकारीको कोखबाट २०२४ पुस १० गते सोमबार जन्मनुभएका अधिकारी २०५० सालमा देवदहमा बसाईसरी आउनु भएको थियो ।

बिज्ञापन

बुटवल बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । वहाँ राजनीतिक चेतना र बैचारिक दृष्टिकोणले अब्बल मानिनुहुन्छ । २०४३ सालमा अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएका अधिकारी २०४५ सालमा बुटवल बहुमुखीमा अनेरास्ववियुको विभिन्न कमिटीमा आवद्ध हुनुभएको थियो भने २०५० सालबाट देवदहमा स्थायी रुपले बसोबास गर्दै राजनीति तथा सामाजिक क्षेत्रमा सकृय हुनुभएको छ ।

सृजना सामुदायिक वनको संस्थापक अध्यक्ष बनी ४ कार्यकाल कुशलतापुर्वक अध्यक्षको रुपमा काम गर्नुभएका अधिकारी नेकपा एमालेको शाखा कमिटीमा सदस्य, सचिब र दुई कार्यकाल अध्यक्ष भई काम गरिसक्नुभएको छ । हाल पार्टीको देवदह नगर कमिटी सचिवालय सदस्य तथा वडा नं ७ को ईन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।
देवदहमा रहेको यशोधरा पार्क निर्माणको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनुभएका अधिकारी शैक्षिक क्षेत्रतर्फ समेत सामेल हुँदै आउनुभएको छ । वहाँ श्री सरस्वती इङलिस बोर्डिङ स्कुलको फाउन्डर तथा संस्थापक प्रधानाध्यापक पनि हुनुहुन्छ । त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघको प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ भने भुमिहिन तथा अव्यवस्थित संगठनको प्रदेश कमिटी सदस्यमा रहेर पनि काम गर्दै आउनुभएको छ ।
स्थानीय जनता सङ प्रत्यक्ष रुपमा सम्पर्कमा रहेका, जनताको सुखःदुखमा सहयोग गरेका कारण पनि जनतामाझ लोकप्रीय कृष्ण अधिकारीले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा देवदह नगरपालिकाको वडा नं ७ को अध्यक्ष पदमा आफु विजयी हुनेमा वहाँ ढुक्क नै हुनुहुन्छ । वहाँसंग भएको भिजनले देवदह वडा नं ७ को मुहार फेरिने जनअपेक्षा समेत छ । जनतामाझ लोकप्रिय, समाजसेवी र भिजन भएका नेता अधिकारी पार्टीका अग्रज नेताहरु सङ राम्रो सम्बन्ध बनाउदै जनताको बिश्वासिलो पात्र बन्नुभएको छ । जनतासंग प्रत्यक्ष रुपमा जोडिएका, बुद्धिजीवी समाजसेवी नेता अधिकारीको नेतृत्वको प्रवल संभावना रहेको देवदहमा ५ बर्षमा नगरकै उत्कृष्ट वडा बन्ने निश्चित छ ।

देवदह नगरपालिका वडा नं ७ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा कृष्ण अधिकारी, महिला सदस्यमा हुमा रेग्मी, दलित महिला सदस्यमा दिपा सुनार, खुल्ला सदस्यमा रमेश खरेल र टिकाराम विकको उम्मेदवारी रहेको छ ।       नेकपा एमाले देवदह ७ को घोषण पत्र :

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन