कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे प्रयोगशाला भवन शिलान्यास

चितवन । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गर्नुभएको छ । पाण्डेले काठमाडौँ उपत्यका बाहिर पहिलोपटक चितवनको रामपुरमा बन्न लागेको यो प्रयोगशाला भवनको बुधबार शिलान्यास गर्नुभएको हो ।

बिज्ञापन

मुख्यमन्त्री पाण्डेले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्र नभई कोभिड–१९ जस्तै महामारीका लागि गरिएको पूर्वतयारी समेत भएको बताउनुभयो । प्रयोगशालाले विश्वविद्यालयको हैसियत र क्षमता वृद्धि गर्ने उहाँको भनाइ थियो । बागमती प्रदेश सरकारले विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको समेत मुख्यमन्त्री पाण्डेले जानकारी गराउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बागमती प्रदेश सरकारको सहयोगले विश्वविद्यालयलाई प्रेरणा मिलेको बताउनुभयो । विशिष्टीकृत देशकै एक मात्र प्राविधिक विश्वविद्यालय भएकाले तीनवटै तहका सरकारले विश्वविद्यालयको अनुसन्धान र प्रसारमा सहयोग आवश्यक रहेको बताउनुभयो । कृषि, वन र पशु विज्ञान तथा पशु चिकित्सा अध्ययन गराउने एकमात्र भए पनि अरु सबै विश्वविद्यालयले समेत यी विषयमा अध्ययन, अध्यापन गराउनु चुनौती रहेको उहाँको भनाइ थियो ।

बिज्ञापन

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको सहयोगमा रु १६ करोड लागतमा विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय परिसरमा प्रयोगशाला निर्माण गर्न लागिएको रजिष्ट्रार प्रा डा शारदा थपलियाले जानकारी दिनुभयो । उहाका अनुसार भवन एक वर्षभित्र निर्माण गरी सञ्चालन गर्ने लक्ष्य छ । पशुपन्छीमा लाग्ने रोगको बारेमा अनुसन्धान र निदानका लागि मात्र नभई जन स्वास्थ्यका हिसाबमा पनि प्रयोगशालाको आवश्यकता रहेको उहाँको भनाइ छ ।
प्रयोगशाला सञ्चालनमा आएपछि विश्वविद्यालयको स्नातकोत्तर तथा विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीका साथै अरु अनुसन्धानकर्ताले पनि अनुसन्धान गर्न सक्नेछन् ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन