कुशल मल्लको अर्धशतक संगै मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

तस्वीर : कृकेट एशोसिएन अफ नेपाल
बिज्ञापन

काठमाडौं । टियु कृकेट मैदान कृतिपुर काठमाण्डौमा जारी विश्वकप छनोटमा नेपाल सेमिफाइनलमा पुगेको छ ।

बिज्ञापन

मङ्गलवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै  लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ । नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।

 

बिज्ञापन

मलेसियाले दिएको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको तर्फबाट कुशल मल्लले ६५ रन, कुशल भुर्तेलले ४३ रन, आसिफ शेख ३२ रन, सन्दिप जोराले १८ रन विवेक यादव र रोहित पौडेल समान २/२ रन बनाएर आउट भए । मल्लले ३४ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै भुर्तेलले २५ बलमा चार छक्का र चार चौका हिर्काए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोड्यो ।

मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज एक्लैले ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउटको शिकार बने । आक्रामक ब्याट्सम्यानको परिचय बनाएका विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक/एक विकेट लिए । मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।

त्यसपछि १३.५ ओभरमा ११९-३ को स्थितीमा रहेको मलेसिया विशाल योगफलतर्फ देखिएको थियो । तर सोही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले सार्भिन मुनाइन्दीलाई आउट गरेपछि मलेसिया लगातार विकेट गुमाएर दबाबमा आएको थियो ।

रोहितले त्यस ओभरमा १५ रन खर्चिएपछि मुनाइन्दीलाई आउट गरेका थिए। १५ औँ ओभरको चौथो बलमा लयमा रहेका अजिजलाई गुल्सनले आउट गरे । त्यसपछि मलेसियाको रन गति केही सुस्त बनेको थियो । सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व