Search
Close this search box.
Search
Close this search box.

कुशल भुर्तेलले अर्धशतक संगै टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

अर्धशतकमा कुशलकाे सेलिब्रेशन तस्विर: क्यान
बिज्ञापन

काठमाण्डाै । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ ।

बिज्ञापन

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई/दुई विकेट लिए ।

बिज्ञापन

यस्तै, सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरे भने आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडे ।

अब, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र  १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् ।

समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.वि ‘स्वर्णीम खेल महत्सव’ सुरु

कोलुवा कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न 

कोलिय स्काउट दलको दिक्षान्त समारोह सम्पन्न

देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई

चर्को स्थानीय ‘कर’प्रति विरोध, कर समायोजनको विषय नगरसभामा लैजाने सहमति पछि आन्दोलन स्थगित

देवदह प्रिमियर लिग (डिपीएल) : खैरेनीलाई हराउदै शित्तलनगर फाईनल प्रवेश

नेपालको समृद्धि र चेतना: सुधारका लागि शिक्षा, स्वास्थ्य र राजनीति- निता भण्डारी

देवदह प्रिमियर लिग (डिपीएल) : टटेरालाई हराउदै खैरेनी सेमीफाईनल प्रवेश