किसानलाई मासिक दुई हजारका दरले पेन्सन

बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ। गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ।

यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनु भयो । उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन्। वडा नम्बर ५ मा १९ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्ने हस्मत अली साई, सोही वडामा १४ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनवीर थारु, १० कठ्ठमा तरकारी खेती गर्दै आएका वडा नम्बर २ का रामसुरत मौर्य र आरतीदेवी मौर्य, ५ कठ्ठामा तरकारी खेती गर्दे आएकी वडा नम्बर १ की कमला तिवारीले किसान पेन्सन पाएका छन्। गाउँपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले उत्कृष्ट किसान छानेर पेन्सन दिन थालेको बताउनु भयो । साथै २७ भैसी पाल्दै आएका वडा नम्बर ५ का हरिशंकर मुराउ, ६९ गाई र ५० बाख्रा पालेका वडा नम्बर ४ का छोटेलाल राढले, दुई गाई, २१ भैसी पालेका वडा नम्बर ५ का रामसुमत यादव, दुई हजार कुखुरा पाल्दै आएका वडा नम्बर ६ का अमरलाल मौर्य, पाँच गाई र ४९ भैंसी पाल्दै आएका वडा नम्बर ५ का वलियासार यादव, वडा नम्बर २ का जहाँ इफरान अहमदले पनि पेन्सन पाएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ।
उत्कृष्ट भई पेन्सन पाएपछि किसानहरू खुसी छन्।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने